मुस्कान, नजर, रहर, आँखा, धड्कन

>> Tuesday, May 5, 2015

Ajay Pradhan


मुस्कान
मुस्कान उही
मिठास भरि
नजर उही
नशालु सरि
तिम्रो तस्बिरैले पनि
बोलाउला झरी--
वर आउ अलि
समेट मलाई,
मदहोस होउ
स्पर्श गरि
सम्हाल मेरो
बिचलित हृदय लाइ|
July 14, 2012

नजर
बाटो उही
दृश्य हरियाली
अम्बर चुम्ने
भबन अगाडी
कुर्छु निकै तिम्रो
एक नजर को लागि,
देख्छु शीशा भित्र
तिम्रो मुहार पारी
तर किन पाउँछु ती
नशालु नजर भारी
तडपिएको हृदयलाई
ढाके झैँ गरि?
July 14, 2012

रहर
अतितको सम्झनाले आज
म त एउटा सुस्केरा भएँ
गुनकेशरिको सुबाश बोकी
मन्द मन्द बतास भएँ
बाँधिएका मेरा विचार शृंखलाको
माला लिई आज म निकै बहें
मन्द मन्द बतास बनि
तिम्रो मुहार छुने एउटा रहर भएँ
Sept. 11, 2013

आँखा
दूर छ तिम्रो चंचल नजर
पास छ त सिर्फ तिम्रो याद
बसन्तले हरियाली ल्याइसकेछ
फूलबारी मा रंगिनता छाइ सकेछ
होसै भएन मलाई त, बुझ्यौ?
भुलेछु ति गाजलु आँखामा, सुन्यौ?
अनि मुटुले गरिदिएछ फरियाद
April 25, 2013

धड्कन
भन्छ डाक्टर, छैन ठीक तिम्रो मुटुको धड्कन
भने मैले, यो मुटु न त तिम्रो बस मा आउन सक्छ
न त छ यो मेरो बस मा नै
न तिमि यसलाई ठीक गर्न सक्छौ,
न म यसलाई सीधा बाटोमा ल्याउन सक्छु
छाडी सके मैले यसलाई सुधार्न
हुन देउ, जति बहकिन्छ, बहकिन देउ
कसैको सम्झना मा बहलिंछ भने, बहलिन देउ
त्यसैमा यसको सन्तुष्टि छ त म गर्न सक्छु नै के र?
बादल ले ढाक्दैमा, चाँदनी चम्किन छाड्छ र?
Nov. 25, 2012


Note:
I wrote these at various times in the last few years.
All of these poems are metaphorical.
Muskan and Najar are a Mona Lisaesque lyric, asking why the smile has a hint of sadness. They are to be read together. It depicts the thought process of a Louvre visitor.
Rahar is a brief lyric, singing song of the singer's yearning and desire.
Aankha is a haiku variant; unrhymed lines of seven, speaking of the spring season.
Dhadkan is a carpe diem noir; the narrator is living for today, carefree of the consequence.


0 comments:

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP