मानव

>> Monday, June 8, 2015

अजयबर प्रधान । जून ८,२०१५

वसंतको एक साँझ पख बसें कौसिमा
चुस्की लिई सोमरस भरी एक प्यालामा।
मन्द मन्द बतासको भावपूर्ण छन्द सुनि
सूर्यास्तले पोतेको रङ्ग रातो आकाश मुनि।।

हेरी हरिया रुख बिरुवाको दृश्य पटल
बसें कुर्सीमा मारी थकाइ चुपचाप अटल।
सुनी चरा चुरुंगीको चिरबिर सूमधुर सङ्गीत
देखि पखेवाको जोड़ी भयो मन मोहीत।।

एक बिशाल झुण्ड काग र कौवाको
काँ काँ गरि अत्तालीइ आकाशमा उडीगो।
सड़क छेउ उभिएको एक क्रूर व्याधा
लिई हातमा गुलेली र गोली दर्जन आधा।।

सड़क पारि तिन तल्ले मन्दिरको गजुरमा
खेल्दै रम्दै चार बानर लिई नरिवल हाथमा।
तल खुड़किलो चढ़ी आपसमा साउती गर्दै
एकजोड़ी कालो र सेतो बिरालो छतमा चढ्दै।।

छेउको निर्मल पोखरिमा एक हंस जोड़ी
पानिमा पौड़ी संसारको चिन्ता छोड़ी।
बगैंचा विच दुइ चहकिलो भ्याकुर चरी
सुंगदै चुसदै सुबासिलो फूलको रस केसरी।।

दृश्य पटलमा आईपुगे दुइ सुकिला मानव
गर्दै थिए सम्बाद ठुलो स्वरमा झैँ दानव।
मैं हूँ भन्नेले भने म त नेता हूँ यो सहरको
छोड़ म जस्तै बिद्वान बन्ने सपना रहरको।।

अर्कोले भन्यो छ म संग अकूत संपत्ति
तँ जस्तो लाइ त किन्दिन्छु नलीइ चिंता रत्ती।
तँ आफुलाइ संझन्छस बड़ो बिद्वताको मुकुटधारी
अरु सबैको निष्ठा लत्याउंछस बाहेक सरकारी।।

तेत्तिकैमा महसूस भो सानो छाउरो गोडामा
राखें उठाई हातले बरालाइ मेरो काखमा।
भने मनमनै तँ ठीक छ कुकुरै बुझिस
मानव भएको भए मानवधर्म छाड़थिस।।










0 comments:

About This Blog

Humanature Journal blog is maintained by A.S. Pradhan.

Disclaimer

Opinions expressed on this blog are personal opinions of the writers, not of the organizations they are associated with.

  © Blogger templates Shiny by Ourblogtemplates.com 2008

Back to TOP